Banking News

test

सहकारीले १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने, कहिले देखि यो ब्यवस्था लागु हुन्छ ?

काठमाडौँ —सहकारी संघसंस्थाले अब  कर्जा प्रवाह गर्दा १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले सोमबार उक्त निर्णय गरेको हो । यसअघि यस्तो सन्दर्भ ब्याजदर १६ प्रतिशत थियो । सो व्यवस्था परिमार्जन गरि नयाँ सन्दर्भ दर तोकिएको हो । यो व्यवस्था २०७७ कात्तिक १५ देखि लागू हुने सहकारी विभागले जनाएको छ ।सहकारी संस्थाहरूले आफूखुसी जथाभावी बढी ब्याज लिँदै आएकाले त्यसलाई नियन्त्रण गर्न भन्दै समितिले ०७६ साउन १९ देखि १६ प्रतिशत सन्दर्भ ब्याजदर तोकेको थियो । अहिले सोही दरलाई परिमार्जन गरिएको छ । सन्दर्भ ब्याज पुनरावलोकन गरिए पनि सबै सहकारीले पालना गरेका छैनन् । विभागले भने सबै सहकारी संस्थाले सन्दर्भ ब्याजदर पालना गरेको दाबी गरेको छ । तर, काठमाडौं र ललितपुर जिल्लामा रहेका अधिकांस सहकारीले सन्दर्भ ब्याजदर पालना नगरेको स्रोतले बताएको छ ।

अब सहकारी संस्थाले बचतमा अधिकतम् ८.७५ प्रतिशतभन्दा बढी ब्याज दिन नपाउने भएका छन् । कर्जा र बचतको ब्याजअन्तर ६ प्रतिशत भन्दा कम हुनु पर्ने व्यवस्थाको कारण सहकारीले बचतमा पनि धेरै ब्याज दिन नपाएका हुन् ।

सहकारी विभागको रजिष्ट्रारको संयोजकत्वमा सन्दर्भ ब्याजदर निर्धारण समिति गठन गरिएको छ । सोही समितिले पहिलो पटक सन्दर्भ ब्याजदर परिमार्जन गरेको हो । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई अधिकतम् ब्याजदर सीमा १५ प्रतिशत कायम गरेपछि सहकारीमा सो भन्दा कम ब्याजदर कायम गर्ने दबाब थियो । सोहीकारण समितिले सन्दर्भ दर परिमार्जन गरेको हो ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us