Economy News

test

कोरोनाको कहरमा लघुव्यवसाय प्रबद्र्धनको माध्यम बन्न सक्छ !

काठमाडौं – कोरोनाको कहरबाट लघुवित्तमा आवद्ध प्रभावित सदस्यलाई स्वस्थ्य लघुवित्त कार्यक्रमको माध्यमबाट उनीहरुको आय आर्जन गतिविधिलाई पुनस्र्थापन गर्न, लघुव्यवसाय प्रबद्र्धन र रोजगारीका अवसर श्रृजना गर्न सकिने लघुवित्तकर्मीहरुले बताएका छन । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ले आयोजना गरेको “कोभिड–१९ को अवस्थामा कर्जा असूली” विषयक छलफल कार्यक्रममा लघुवित्त अभियन्ता शंकर मान श्रेष्ठले लघुवित्तका ग्राहक सदस्यलाई पहिलो प्राथमिकता दिई हालको चुनौतिलाई अवसरको रुपमा लिन आग्रह गर्नुभयो ।

ग्राहक सदस्य अहिले अत्यन्त अप्ठ्यारो अबस्थामा गुज्रिरहेकोले उनीहरुको विश्वास जित्दै कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो । कोरोनाका कारण गरिवीको तथ्यांक बढ्ने देखिएकोले लघुवित्त संस्थाहरुले कर्जा, बचत तथा अन्य गैरवित्तीय सेवाको माध्यमबाट उनीहरुलाई सम्बोधन गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । संस्थाका अध्यक्ष राम कुमार श्रेष्ठले स्थानीय स्तरमा हाल सीप भएका तर रोजगारी गुमाएका युवाहरुको विवरण तयार गरी त्यस्ता युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । त्यस्ता रोजगारी गुमाएका युवालाई स्थानीय स्तरमै रोजगार बनाउन वा व्यवसायी बनाउन संस्था अग्रसर हुनुपर्ने उहाँको भनाई थियो । प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले स्वागत मन्तव्य राख्नुहुदै कोरोनाको कहरले विक्षिप्त भएको ग्राहक सदस्यको व्यवसायलाई पुनस्र्थापन गर्न र दीगो बनाउन सदस्यलाई परेको प्रभावको आधारमा ग्राहकको वर्गिकरण गरी उनीहरु लक्षित सेवा विस्तार गर्नुपर्ने बताउनुभयो ।

यसैबिच, संस्थाले कोरोना संक्रमणका बीच केन्द्र तथा कार्यालय व्यवस्थापन विषयमा समेत छलफल कार्यक्रमको आयोजना गरेको छ । छलफलले कोरोनाको कहरका बीच लघुवित्त कार्यक्रमलाई ग्राहकमूखि बनाई न्यून आय भएको वर्ग लक्षित सेवा विस्तार गर्न मार्गचित्र समेत तयार गरेको छ । कार्यक्रममा वित्तीय संस्थाका संचालक, व्यवस्थापक, इलाका कार्यालय, शाखा÷उपशाखा कार्यालयका कार्यालय प्रमुख, फिल्ड सहायक लगायतको सहभागीता रहेको थियो । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि।ले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय साथै ९ वटा इलाका कार्यालय मार्फत २ लाख ५० हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा तथा विभिन्न गैर वित्तीय, दक्षता अभिवृद्धि लगायतका सेवा प्रदान गर्दै आएको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us