Banking News

test

नेपाल बैंक र चाँगुनारायण नगरपालिका बिच सम्झौता

काठमाडौँ – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड एबं भक्तपुर स्थित ऐतिहासिक चाँगुनारायण नगरपालिका बिच उक्त नगरपालिकाद्वारा संचालन गर्न लागिएका बिभिन्न कार्यक्रम तथा अभियानमा सहकार्यगर्ने सम्झौताहरुमा हालै हस्ताक्षर भएको छ ।नगरपालिकाले संचालन गर्नलागेको “वचतखाता छोरीको, सुरक्षा जीवन भरीको” कार्यक्रम अन्र्तगत नगरपालिका भित्रका सामुुदायिक विद्यालयहरुमा अध्ययनरत छोरीहरुको नाममा नेपाल बैंकमा खाता खोल्ने र उक्त खातामा नगरपालिकाद्वारा प्रत्येक बर्ष रु चार हजार जम्मा गर्दै जाने ब्यबस्था मिलाईनेछ । सम्झौता वमोजिम शुन्य मौज्दातमा खोलिएका त्यस्ता खातामा बैंकले बचत खाताहरुमा प्रदानगर्ने उच्चतम ब्याजदर प्रदानगर्ने, बैंकमा खोलिएको खातामा रकम जम्मागर्ने÷झिक्ने लगायतका अन्तरवैंक सेवामा कुनैपनि शुल्क नलाग्ने लगायतका अन्य सुविधाहरु प्रदान गर्नेछ ।

साथै नगरपालिकाको सिफारिसमा खोलिएका खाताहरुमा रु। ३ लाखसम्मको निक्षेप बीमा समेत गरिनेछ । यस प्रकारका खातामा बालिका आफैले वा उनिहरुका अभिभावकहरुले समेत रकम जम्मा गरिदिन सक्नेछन् । यस प्रकारको कार्यक्रमबाट छात्राहरुको शिक्षामा पहुँच अभिवृद्धि गर्न, बिचैमा बिद्यालय छोड्ने ९मचयउयगत० लाई निरुत्साहित गर्न, गुणस्तरीय शिक्षा प्रदानगर्न, वाल विवाह निरुत्साहन गर्न, छोरीहरुको आर्थिक र सामाजिक सुरक्षागरी सुरक्षित भविष्य निर्माणमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । उक्त रकम छात्राहरुले १२ कक्षा उत्तिर्ण गरे पश्चात मात्र झिक्न पाउनेछन् ।

 

त्यसैगरी सोहि अवसरमै चाँगुनारायण नगरपालिका एबं नेपाल बैंक लिमिटेड बिच “मेयर उद्यमशिलता बिकास कार्यक्रम” अन्तर्गत ऋण प्रवाह तथा ब्याज अनुदान सम्बन्धमा समेत अर्को सम्झौता भएको छ । उक्त नगरपालिका क्षेत्रका कृषि तथा पशुपंक्षीजन्य ब्यवसाय प्रवर्धन तथा चाँगुनारायण नगरपालिकाको मेयर उद्यमशिलता बिकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशिल बन्न चाहने नगरबासी एवं नेपाल राष्ट्र बैकको सहुलियतपूर्ण कर्जाका लागि एकिकृत ब्याज अनुदान कार्यविधि २०७५ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदानदिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवर्धन गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको शीप र ब्यवसायिक दक्षता उपयोगगर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरी ब्यवसायिकता अभिबृद्धि गर्न, जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न बर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि सहुलियत प्रदानगरी उद्यमशिलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्यले चाँगुनारायण नगरपालिका र नेपाल बैँक लिमिटेड बीच उक्त सम्झौता भएको हो ।

 

उपरोक्त दुबै संझौतामा नेपाल वैंक लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा चाँगुनारायण नगरपालिकाको तर्फबाट नगर प्रमुख  सोमप्रसाद मिश्र वाट हस्ताक्षर गरिएको थियो । उक्त कार्यक्रममा चाँगुनारायाण नगरपालिकाका उपप्रमुख बिना बास्तोला, प्रमुख प्रशासकीय अधिकृत अग्नी प्रसाद अधिकारी, नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता  प्रकाशकुमार अधिकारी, बागमती प्रादेशिक कार्यालयका प्रमुख  सुन्दर पन्थी, भक्तपुर शाखाका प्रमुख बिष्णु मान भैल लगायतको उपस्थिति रहेको थियो । नेपालकै फ्ल्यागशिप बैंकको रुपमा रहेको यस बैंकले १८९ वटा शाखाहरु, १२५ बटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ र चालु आर्थिक बर्ष भित्रै शाखा सञ्जाल बढाउँदै कुल शाखा संख्या २१४ पुर्याउने लक्ष्यका साथ कार्यहरु अगाडी बढाईरहेको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us