Banking News

test

नेपाल बैंक र लिसंखु पाखर गाउँपालिका बिच सम्झौता

काठमाडौं – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड एवं सिन्धुपाल्चोक जिल्ला स्थित लिसंखु पाखर गाउँपालिका बिच उक्त गाउँपालिकाद्वारा संचालन गर्न लागेको अध्यक्ष उद्यमशिलता बिकास कार्यक्रममा सहकार्य गर्ने सम्झौता नेपाल बैंक लिमिटेडमा आयोजित एक कार्यक्रममा हस्ताक्षर भएको छ ।

गाउँपालिकाले संचालन गर्नलागेको “अध्यक्ष उद्यमशिलता बिकास कार्यक्रम” ले गाउँपालिकाबासीहरुलाई व्यवसायिक कृषि, तथा पशुपंछीमा आधारित उद्यम व्यवसाय, वन ९जडिबुटी, वनपैदावार० मा आधारित उद्यम व्यवसाय, पर्यटन प्रबद्र्घनमा आधारित उद्यम व्यवसाय, उत्पादनमुलक उद्यम व्यवसाय, निर्माणमा आधारित उद्यम व्यवसाय, सेवामुलक उद्यम व्यवसाय लगाएतका अन्य पहिचान गरिएका क्षेत्रहरुमा बैदेशिक रोजगारीबाट फर्किएका तथा गाउँपालिकामै रहेका बेरोजगार नागरिकहरुलाई उद्यम व्यवसायमा आर्कषित गर्न, गाउँपालिकाबासीहरुलाई स्वरोजगार, व्यावसायीक एबं उद्यमी बनाउन, आवश्यक दक्ष जनशक्ति तयार गर्न, तथा उद्यमशीलता विकासकालागी आवश्यक सहयोग प्रदानगरी गाँउपालिकाको बिषेशतामा आधारित लघु, घरेलु, साना एबं मझौला व्यवसायहरुको बिकास एबं प्रबद्र्घनगर्न सहयोग पुग्नेछ ।

उक्त गाउँपालिका क्षेत्रका गाउँपालिकाको अध्यक्ष उद्यमशिलता विकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशिल बन्न चाहने गाउँबासी एवं सहुलियतपूर्ण कर्जामा उद्यम व्यवसायका लागी ब्याज अनुदान कार्यविधि २०७७ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदानदिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवर्धन गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सिप र व्यवसायिक दक्षता उपयोगगर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरी व्यवसायिकता अभिबृद्धि गर्न, जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न बर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि सहुलियत प्रदानगरी उद्यमशिलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्यले लिसंखु पाखर गाउँपालिका र नेपाल बैँक लिमिटेड बीच उक्त सम्झौता भएको हो । गाउँपालिकाद्वारा एक कोष खडागरी नेपाल बैंक लि। पाँचखाल शाखामा ग्यारेण्टीको रुपमा रकम जम्मा गर्दैजाने, बैंकद्वारा छनौट भएका उद्यमी एवं व्यावसायीहरुलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने र उक्त कर्जा समयमा चुक्ता गराउन गाउँपालिकाद्वारा सहयोग गर्नेछ ।

 

उपरोक्त संझौतामा नेपाल वैंक लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा लिसंखु पाखर गाउँपालिकाको तर्फबाट उक्त गाउँपालिकाका अध्यक्ष कमल प्रसाद नेपालवाट हस्ताक्षर गरिएको थियो । उक्त कार्यक्रममा लिसंखु पाखर गाउँपालिकाका उपाध्यक्ष  हेमगंगा मोक्तान, प्रमुख प्रशासकीय अधिकृत  पूर्ण प्रसाद दुलाल, नेपाल बैंक लिमिटेडका नि. नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त, बैंकका बाग्मती प्रादेशिक कार्यालयका प्रमुख सुन्दर पन्थी, पाँचखाल शाखाका शाखा प्रबन्धक मुरारी कोईराला लगायतको उपस्थिति रहेको थियो । नेपालकै फ्ल्यागशिप बैंकको रुपमा रहेको यस बैंकले १८९ वटा शाखाहरु, १२५ वटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ र चालु आर्थिक बर्ष भित्रै शाखा सञ्जाल बढाउँदै कुल शाखा संख्या २१४ पुर्याउने लक्ष्यका साथ कार्यहरु अगाडी बढाईरहेको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us