Economy News

test

दशैंकालागि ३ हजार खसी, बोका र च्याङ्ग्रा ल्याउँदै सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी

काठमाडौं ।सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले  दशैंका लागि काठमाडौं उपत्यकामा बिक्री गर्न च्याङ्ग्रा र खसी-बोका खरिद गर्न तयारी थालेको छ । घटस्थापनासम्म काठमाडौं ल्याई पुर्‍याउने गरी १४ सय च्याङ्ग्रा र १६ सय वटा खसी बोका खरिद गर्ने गरी तयारी गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।कम्पनीको वाषिर्क कार्यक्रममा उक्त परिमाणको च्यांग्रा र खसी-बोका आयात गर्न ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याइएको उनको भनाइ छ ।

यसवर्ष मुस्ताङबाट १४ सय च्यांग्रा तथा दाङको तुल्सीपुर र मकवानपुरको हेटौंडाबाट १६ सय वटा खसी किन्ने योजना कम्पनीको छ । कम्पनीले खरिद गर्ने च्यांग्रा तथा खसी बोकाको भाउ सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मूल्य निर्धारण समितिको सिफारिसअनुसार हुने छ ।

गतवर्ष दशैंमा संस्थानले ५ सय खसी बोका तथा च्यांग्रा खरिद गरेर सहुलियत मूल्यमा बिक्री गरेको थियो ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us