Banking News

test

हिमालयन बैंकका विशेष कर्जा योजना सार्वजनिक

काठमाडौं । हिमालयन बैंक लिमिटेडले मुलुकको वर्तमान परिस्थितिलाई ध्यानमा राखी ८.४९% व्याज दरमा विभिन्न ६ प्रकारका र ९.८९% व्याज दरमा पाँच प्रकारका सहज–सरल विशेष कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेका ८.४९% व्याज दरको कर्जा योजनामा एसएमई कर्जा, घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यवसायिक कम्प्लेक्स निर्माण कर्जाहरु रहेका छन् ।

त्यसैगरी, ९.८९% व्याजको कर्जा योजनामा शेयर धित्तो कर्जा, शिक्षण संस्थाका लागि दिइने कर्जा, व्यक्तिगत साना व्यवसायिक कर्जा, सुबिधा कर्जा र व्यक्तिगत कर्जा रहेका छन् । त्यस्तै बैंकले १०.३९% व्याज दरमा व्यवसायिक सवारी साधन कर्जा पनि ल्याएको छ । १० वर्षको अवधिसम्मका लागि पाइने एसएमएई कर्जा ग्राहकहरुले न्युनतम पाँच लाखदेखि ६ करोड रुपैयाँसम्म प्राप्त गर्न सक्दछन् । बैंकले घर कर्जाको सीमा एक करोड रुपैयाँ तोकेको छ ।

ग्राहकहरुले घर निर्माण वा घर–जग्गा खरिदका लागि सो कर्जा उपयोग गर्न सक्नेछन् । शैक्षिक कर्जा योजना स्वदेश वा विदेशमा पढ्न चाहना राख्ने विद्यार्थीहरुका लागि निकै उपयोगी हुने विश्वास बैंकले लिएको छ । विशेष आर्कषणको रुपमा उपरोक्त बिशेष सहज, सरल कर्जा योजनामा लागु हुने व्याज दरको प्रिमियम न्युनतम एक वर्षको लागि स्थिर रहने व्यवस्था गरेको छ भने यी सम्पुर्ण कर्जाहरुको सेवा शुल्क पनि हालसम्मको न्युन रहनेछ । यी कर्जाका ग्राहकहरुले क्रेडिट कार्डको सुविधा पनि एक वर्षसम्म निःशुल्क पाउने बैंकका प्रेस तथा जन सम्पर्क अधिकृत शिलत कोइरालाले जानकारी दिए । उनले भने, ‘ग्राहकहरुले हिमालयन बैंकले देशभरिका कुनै पनि शाखा कार्यालयहरुमार्फत यी कर्जा सुबिधा उपयोग गर्न सक्नेछन् ।’

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us