Development News

test

नेपाल–भारत संयन्त्र बैठक सम्पन्न

काठमाडौं – लामो समयपछि नेपाल भारत संयुक्त निरीक्षण संयन्त्रको बैठक आज बसेको छ । नक्सा विवादका कारण नेपाल र भारतबीच संवादहीनता रहेकै बेला दुई देशबीच आज भर्चुअल माध्यमवाट औपचारिक छलफल भएको हो ।बैठकमा भारतको सहयोगमा सञ्चालित परियोजनामा केन्द्रित रहेर कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । छलफलमा भारतले भुकम्पपछिको पुनर्निर्माणमा ५० हजार घर बनाउन सघाउने प्रतिबद्धता अनुसार ४६ हजार घर निर्माण सकेको जानकारी गराएको छ । बैठकमा कोरोना भाइरस रोकथामका लागि भारतले मेडिकल उपकरण र औषधि लगायत उपलब्ध गराएर गरेको सहयोगको नेपालले प्रशंसा गरेको छ । द्विपक्षीय आर्थिक र विकास सहयोग परियोजनाहरूको विस्तृत समीक्षा गर्दै कार्यान्वयनलाई तिब्रता दिने सहमति पनि बैठकमा भएको छ । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन, विराटनगर एकीकृत चेक पोस्टको निर्माण लगायतको पनि समिक्षा भएको छ ।बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्र सचिव शंकरदास बैरागी र भारतकको प्रतिनिधित्व नेपालस्थित भारतीय राजदूत विनय मोहन क्वात्राले गरेका थिए ।संयन्त्रको बैठक भएकाले सीमा विवादबारे कुरा नभएको बताइएको छ । सीमाबारे छलफल गर्न सचिवस्तरीय संयन्त्र भएपनि त्यसको बैठक अहिलेसम्म हुन सकेको छैन ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us