Economy News

test

यातायात व्यवसायीले दिए विभागमा धर्ना, यातायात सेवा तत्काल खोल्न माग

काठमाडौं – सार्वजनिक यातायात सेवा तत्काल खोल्न यातायात व्यवसायीले सरकारसँग माग गरेका छन् । मंगलबार यातायात व्यवस्थापन विभाग अगाडि धर्ना दिँदै व्यवसायीले यस्तो माग गरेका हुन् । लामो समयदेखि बन्द रहँदै आएको सार्वजनिक यातायात सेवा छोटो दुरीका साथै अन्तरजिल्ला, प्रदेश यातायात सेवा समेत खोल्न व्यवसायीले माग गरेका हुन् ।सार्वजनिक यातायात केन्द्रीय महासंघको नेतृत्वमा आन्दोलित व्यवसायीले विभागका महानिर्देशक गोगनकुमार हमाललाई ८ वुँदे मागपत्र समेत बुझाएका छन् । कोभिड–१९ का कारण लामो समयदेखि यातायात सेवा ठप्प हुँदा व्यवसायी गम्भीर संकटको अवस्थामा पुगेको र आवश्यकताका आधारमा सरकारले व्यवस्थापन गरेको होल्डिङ्ग सेन्टरबाट संचालित सिमित निजी सवारी सधानले समेत सहज सेवा दिनुको साटो उल्टो थप जटिलता ल्याउने काम गरेको भन्दै तत्काल सार्वजनिक सवारी साधन संचालनमा ल्याउन महासंघले माग गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र(सीसीएमसी), काठमाडौं जिल्ला प्रमुख(सीडीओ) र ट्राफिक प्रहरी महाशाखालाई समेत उदृत गर्दै बुझाइएको पत्रमा महासंघले यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्न र तत्काल सवारी संचालन गर्न माग गरेको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us