Economy News

test

प्रुडेन्सियल इन्स्योरेन्सको अठारौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ – निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको अठारौं वार्षिक साधारण सभा २०७७ साल भदौं २६ गते होटेल ईच्छा प्रा.लि. सिमरा, बारामा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवण कुमार अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

वार्षिक साधारण सभाबाट कम्पनीको संस्थापक समूह क अन्तर्गत ४ जना सञ्चालकहरुको निर्वाचन सम्पन्न गरेको छ जसमा सञ्चालक विशाल अग्रवाल,  अमित अग्रवाल र अर्पित अग्रवाल र विवेक विजुक्छे निर्विरोध निर्वाचित भएका छन । सञ्चालकहरुलाई निर्वाचन अधिकृत विजयलाल ठाकुरले पद तथा गोपनियताको सपथ ग्रहण समेत गराउनु भएको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us