Banking News

test

नारायणी नेशनल फाइनान्सको संयुक्त कारोबार असार ३० गतेदेखि

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सनराइज बैंकले नारायणी नेशनल फाइनान्स प्राप्तिको प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको छ ।

असार १९ गतेको राष्ट्रबैंक संचालक समिति बैठकले सनराइजले नेशनल फाइनान्स किन्ने प्रक्रियालाई अन्तिम स्वीकृति दिएपछि अब आउँदो असार ३० गतेदेखि दुवै संस्थाको संयुक्त कारोबार सुरु हुने तयारी गरिएको छ । 

सनराइज बैंक संचालक समितिका एक सदस्यका अनुसार दुई संस्थाले ‘सनराइज बैंक’कै नामबाट संयुक्त कारोबार थाल्नेछन् । 

एक्वीजिसनपछि बैंकको कर्पोरेट कार्यालय काठमाण्डौ महानगरपालिका २, गैरीधारामा रहने बताइएको छ । 

सनराइज बैंकको चुक्तापूँजी ३ अर्ब ३३ करोड छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा यो बैंकले ५८ करोड ८१ लाख खूद नाफा आर्जन गरेको छ । 

यसैगरी, नारायणी नेशनल फाइनान्सको चुक्तापूँजी ८० करोड २२ लाख  छ । यो संस्थाले चालु आबको तेश्रो त्रैमास अवधिमा १५ करोड ३ लाख खूद नाफा आर्जन गरेको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us