Banking News

test

नेपाल इन्भेस्टमेन्ट बैंकले पहिरो पीडित नागरिकहरूलाई सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं – नेपाल इन्भेस्टमेन्ट बैंक लि. एनआईबीएलले भारी वर्षाको कारण म्याग्दी जिल्लामा लगातार गइरहेको पहिरोबाट गम्भीर पीडित नागरिकहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

बैंकले आफ्नो प्रशंसनीय संगठित सामाजिक उत्तरदायित्व सीएसआर कार्यक्रममार्फत् बैंकको गण्डकी प्रदेशका प्रबन्धक, बिभु श्रेष्ठ र पोखरा शाखा प्रबन्धक, धीरज थापा द्वारा जिल्ला समन्वय समितिका व्यवस्थापक, देवेन्द्रबहादुर केसी र प्रमुख जिल्ला अधिकारी, ज्ञाननाथ ढकाल लाई २० वटा पाल टेन्ट र १०० वटा कम्बल प्रदान गरिदिनुभयो । सो अवसरमा प्रहरी नायब उपरीक्षक, किरणजंग कुँवर र एनआईबीएल जलजला शाखा प्रबन्धक, दिलेश अर्याल पनि उपस्थित हुनुहुन्थ्यो ।

बैंकले उपलब्ध गराएका पालहरूमा, एउटा पालमा दस जनासम्मले आश्रय लिन सक्छन् । पहिरोका कारण विस्थापित हुनेको संख्या सयौं पुगेसँगै बैंकले पुनर्निर्माण र राहत कार्यमा योगदान दिनुपर्ने देखेर यो सहयोगको हात बढाएको हो । पहिरो पीडितहरूलाई सहयोग पु¥याउने बैंक तथा वित्तीय संस्थाहरूमध्ये एनआईबीएल पहिलो संस्था हुन पाउँदा गर्व अनुभूति गरेको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us