Economy News

test

लायन्स क्लव अफ पोखरा हिमालयनद्धारा आयोजित रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन

काठमाडौँ – लायन्स क्लव अफ पोखरा हिमालयनद्धारा आयोजित रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् । क्लवको वार्षिक कार्यक्रम अन्तरगत क्षेत्रिय रक्त संचारकेन्द्र पोखराको प्राविधिक सहयोगमा पोखरा ९ नयाँबजारमा आयोजित उक्त कार्यक्रममा ५४ युनिट रगत संकलन भएको क्लवका अध्यक्ष लायन दिनेशराज शाक्यले जानकारी दिए ।

ब्लड डोनेसन डिपार्टमेन्ट चिफ लायन बालकृष्ण शर्माले पहिलो रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको उद्धघाटन गरेका थिए । सो क्रममा बोल्दै उनले लायन्स क्लवहरुले यस्ता प्रकारका मानविय सेवाका कयौन कार्यहरु मार्फत सामाजिक उत्तरदायित्व बहन गरिरहेको बताए । यस्ता प्रकारका कार्यक्रमहरुको निरन्तरता जरुरी रहेकामा उनले जोड दिएका छन् । कार्यक्रममा जोन।८३ की जोन चियर पर्सन लायन सपना रानाले कोरोना महामारीका कारण अस्पतालमा उपचार गराइरहेका बिरामीहरुका लागि समेत रगतको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै लायन्स क्लव र ति क्लवहरुमा आवद्ध लायनहरुलाई यस्ता प्रकारका निस्वार्थ सेवामा सर्मपित हुन उत्प्रेरणा प्रदान गरिन । क्षेत्रिय रक्तसंचार केन्द्र पोखराका प्राविधिक प्रमुख अर्जुन ज्ञवालीले रक्तदान गर्दा मानिस थप स्वस्थ र तन्दुरुष्ट हुने उल्लेख गर्दै योग्य र स्वस्थ मानिसका लागि रक्तदान अनिवार्य हुने बताए ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us