Economy News

test

भोलिदेखि लामो दुरीका सवारी सधान र आन्तरिक उडान खुल्ने, सिमा नाकाभने थप १ महिना बन्द

काठमाडौँ –सरकारले अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । भदौ ३१ गतेसम्म रोक लगाइएको सीमा नाकालाई थप एक महिना बन्द गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । यस्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थप दुई नाका खोल्ने निर्णय पनि गरेको छ । यसअघि १० वटा नाका मात्रै खुला भएकोमा अब १२ वटा नाका खुल्ने छन् । इलामको पशुपतिनगर र दार्चुलाका दुई नाका थपेर १२ वटा खुला गरिएको छ । त्यस्तै चीनतर्फको रसुवागढी नाका पनि खुला गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

यस्तै अन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट पनि असोज १ गतेदेखि नै खुलाउने निर्णय गरेको छ । जनस्वास्थ्यका सबै मापदण्ड पालना गराएर असोज १ गतेदेखि आन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट खोल्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । सरकारले लामो दूरीका यातायातका साधन १ असोजबाटै चलाउन सकिने गरी निर्णय सार्वजनिक गरेको छ । यसअघि सोमबार मन्त्रिपरिषद् बैठकपछि भने मन्त्रिहरुले लामो दूरीका यातायात र आन्तरिक उडान ५ असोजबाट खुल्ने निर्णय भएको बताएका थिए । तर, औपचारिक निर्णय सार्वजनिक गर्दै सरकारका  प्रवक्ता प्रदीप ज्ञवालीले १ असोजबाटै यी सेवा संचालनमा आउने निर्णय भएको बताएका छन् ।उनका अनुसार सार्वजनिक यातायातमा भने भाडा ५० प्रतिशत बढी लिन पाइने भएको छ । स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न पाइने छ । उनका अनुसार संक्रमणको जोखिम बढेमा भने स्थानीय प्रशासनबाटै आवश्यक निर्णयहरु हुनेछन् । बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ। जहाजमा समेत यस्तै गरी यात्रा गर्न पाइने भएको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us