Banking News

test

नेपालमा १० वर्षमा ४० लाख रोजगारी सिर्जना: विश्व बैंक

काठमाडौं-विश्व बैंकले नेपालमा १० वर्षमा ४० लाख रोजगारी सिर्जना भएको जनाएको छ ।  विश्वबैंकले हालैमात्र सार्वजनिक गरेको एक रिपोर्टका अनुसार नेपालको अर्थतन्त्रले गएको एक दशकमा चालिस लाखलाई नयाँ रोजगारी दिएको छ।

नेपाल जव डाइग्नोस्टिक रिपोर्टअनुसार सन् २००८ देखि २०१८ को अवधिमा नेपालमा ४० लाख थप मान्छेले रोजगारी पाएका छन्। रोजगारी सिर्जना भएपनि यो केवल ज्यालादारीमा सिमित भएको र कामदारहरुको क्षमताको सदुपयोग हुन सकेको छैन। विश्व बैंकले भनेको ‘कोभिड १९ को रिकभरी अवधिमा यस्तो गुणस्तरीय र स्थिर रोजगारीको आवश्यकता झन बढेर जाने छ।’

गएको दशकमा नेपालको अर्थतन्त्रको संरचनात्मक परिवर्तन भएको छ। कृषिमा आधारित रहेको अर्थतन्त्र आधुनिक सेवामा आधारित हुँदै गएको छ। यो संरचनात्मक संक्रमणले श्रमशक्तिलाई राम्रो अवसर सिर्जना गरेको छु विश्व बैंकले उल्लेख गरेको छ। यध्यपी यसरी बढेको अवसरको फाइदा विशेषगरी गुणस्तरीय रोजगारीको अवसर महिलाका लागि उपलब्ध भइसकेको छैन।

निर्माण, उत्पादन, उद्योग, यातायात, व्यापार जस्ता क्षेत्रमात्र होइन विदेशमा पनि पुरुष कामदारले नै अवसर बढी पाएका छन्। यध्यपी महिलाहरूले पनि पछिल्लो समय रोजगारीमा हिस्सा बढाउँदै लिएका छन्। सन् २००८ मा कूल १७ प्रतिशत हिस्सा रहेकोमा सन् २०१८ मा २४ प्रतिशत पुगेको छ।

संसारभर पनि यस्तै देखिन थालेको छ। यसले स्वरोजगारको तुलनामा बढी विशिष्टिकृत रोजगारी सिर्जना गर्छ। उत्पादन र उत्पादकत्व पनि बढाउँछ। श्रमिकको आम्दानी पनि बढाउँछु विश्वबैंकका प्रमुख अर्थशास्त्री तथा रिपोर्टका लेखक डा एलिजावेथ रुपर्ट बल्मरले भनिन्।

श्रम शक्ति सर्वेक्षण र अन्य नेपालका आर्थिक सर्वेक्षणहरूका अनुसार नेपालको श्रम बजारको प्रतिफल विस्तारित भएको छ। विभिन्न कठिनाइका बाबजुद रोजगारीका क्षेत्रमा राम्रो प्रगति भएको उक्त रिपोर्टको ठम्याइ छ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us