Economy News

test

साल्ट ट्रेडिङ कर्पोरेसनले ल्यायो साढे १७ हजार मेट्रिक टन युरिया

पर्सा — साल्ट ट्रेडिङ कर्पोरेसनले तीन सातायता वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट करिब साढे १७ हजार मेट्रिक टन युरिया मल भित्र्याएको छ । कर्पोरेसनले आयात गर्न लागेको ३२ हजार मेट्रिक टन युरियामध्ये २७ हजार मेट्रिक टन सुक्खा बन्दरगाहमा र बाँकी विराटनगर नाकाबाट आउन लागेको कर्पोरेसनका वीरगन्ज कार्यालय प्रमुख अमोज लामिछानेले जानकारी दिए ।वीरगन्ज शाखामा आइसकेको युरिया मलमध्ये माग भएका झन्डै ६० जिल्लामा परिचालन भइसकेको लामिछानेले जानकारी दिए । ‘माग भएका जिल्लामा निरन्तर मल परिचालन गरिरहेका छौं,’ उनले भने, ‘विराटनगर कार्यालयले हेर्ने प्रदेश २ का सप्तरी र सिरहाबाहेक प्रायस् जिल्लामा वीरगन्जबाटै मल पठाएका छौं ।’ यो मलले लामो समय माग नधाने पनि तत्कालका लागि किसानको माग धेरै हदसम्म पूर्ति गर्ने उनले बताए ।

वीरगन्ज आउने २७ हजारमध्ये १७ हजार ५ सय मेट्रिक टन भित्रिइसकेको र बाँकी पनि आगामी साताभित्रै वीरगन्ज आउन सक्ने उनले बताए । २ हजार ५ सय मेट्रिक टन युरिया मल भारतको कोलकाता बन्दरगाहमा रेलवे र्‍याकमा लोड भइसकेको सूचना आएको लामिछाने बताउँछन् । त्यसपछि बाँकी मल पनि निरन्तर आउनेछ । विराटनर आउने मल पनि सीमापारि भारतीय रेलवे स्टेसनमा क्रमशस् आइरहेको छ ।

कर्पोरेसनले ग्लोबल टेन्डरबाट आयात गरेको यो मल भारतको गुजरातस्थित कान्डला बन्दरगाहमा करिब ३ महिना अड्किएको थियो । तेस्रो मुलुकबाट आयातित मल बोकेका जहाज ठेकेदारले भूलवश कान्डला बन्दरगाहमा लगेपछि मल त्यहाँ थन्किएको थियो ।

उक्त बन्दरगाह नेपालका लागि खुला नरहेकाले त्यहाँ अड्किएको मल सोझै नेपाल ल्याउन सकिएको थिएन । पछि मल बोकेका जहाज कोलकाता बन्दरगाह फिर्ता लगेर वीरगन्ज ल्याउन थालिएको हो । तर कोलकातामा पानी परेकाले वीरगन्ज आएको पहिलो लटको मल भिजेको थियो ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us