Economy News

test

होटलका मजदूर कर्मचारीले न्यूनतम सुविधा पाउने

काठमाडौँ । होटल क्षेत्रमा आबद्ध मजदूर कर्मचारीले बन्दाबन्दी अवधिको न्यूनतम तलब सुविधा पाउने भएका छन् । होटल एशोसिएसन अफ नेपाल (हान) र पर्यटन तथा होटल क्षेत्रमा क्रियाशील मुख्य तीन ट्रेड युनियनबीच सम्झौता भएसँगै लामो समयदेखिको विवाद समाधान भएको हो । कोभिड–१९ महामारीबाट सिर्जित अवस्था आगामी डिसेम्बर ३१ सम्म रहने आकलन गरी अप्रिल १३ देखि डिसेम्बर ३१ सम्मको अवधिका लागि सम्झौता भएको हानले जनाएको छ ।

 

नयाँ सम्झौताअनुसार अब होटलमा कार्यरत मजदूरले होटलको स्तरअनुसार न्यूनतम सेवा सुविधा पाउनेछन् । दुई सय बढी कोठा भएका होटलमा कार्यरत श्रमिक कर्मचारीले मासिक रु १० हजार पाउनेछन् । त्यस्तै २०० भन्दा कम कोठा भएका पाँचतारे होटलका श्रमिक कर्मचारीले रु नौ हजार पाउनेछन् । त्यस्तै १०० भन्दाबढी कोठा भएको चारतारे होटलमा कार्यरत मजदूरले रु आठ हजार ४५५ पाउनेछन् । एकसय भन्दा कम कोठा भएका चार तारे होटलका कर्मचारीले महिनामा रु आठ हजार पाउनेछन् भने तीनतारे होटल वा सोहीसरहका रिसोर्टका मजदूरले रु पाँच हजार पाउने जनाइएको छ ।

 

यस्तै दुईतारे होटलले महिनामा प्रतिमजदूर रु चार हजार ३०० तथा एकतारे वा अन्य पर्यटकस्तरीय होटलमा आपसी सम्झौताका आधारमा सुविधा उपलब्ध हुने भनिएको छ । होटल व्यवसायी र मजदूर सङ्गठनबीच विभिन्न चरणमा बैठक भई ‘बाँचौँ र बचाऔँ’ को नीति अख्तियार गरी सहकार्य गर्ने सहमति गरिएको हानले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सम्झौताले दुःखका बेलामा पारिवारिक एकतासमेत प्रदर्शित भएको हानको ठम्याइ छ । साथै हानले शुक्रबार नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीतिले पनि यस उद्योगका धेरै विषय तथा समस्या सम्बोधन भएको र यस उद्योगमा उक्त नीतिबाट ठूलो टेवा पुग्ने विश्वास लिएको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us