Economy News

test

राजश्व सङ्कलन झण्डै सात प्रतिशतले वृद्धि

काठमाडौँ । आर्थिक वर्ष २०७६÷७७ मा अघिल्लो वर्षको तुलनामा राजश्व सङ्कलन सात प्रतिशतले वृद्धि भएको छ । आन्तरिक राजश्व विभागका अनुसार यसवर्ष कूल रु ३८४ अर्ब ३१ करोड राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्ष २०७५÷७६ मा राजश्व सङ्कलन कूल रु ३५८ अर्ब ४१ करोड भएको थियो ।

 

गत वर्षको तुलनामा आव २०७६÷७७ मा राजश्व सङ्कलन सात प्रतिशतले वृद्धि रहेको विभागले आज एक सूचना जारी गरी जनाएको छ । विभागका अनुसार आयकर रु २१७ अर्ब २६ करोड, मूल्य अभिवृद्धि करतर्फ रु ९८ अर्ब २२ करोड, अन्तःशुल्क रु ६४ अर्ब ७९ करोड र शिक्षा सेवा शुःल्क र अन्य गरेर रु ४ अर्ब ४ करोड गरी कूल रु ३८४ अर्ब ३१ करोड राजश्व सङ्कलन भएको छ ।

 

गत वर्ष एक लाख ९४ हजार व्यावसायिक स्थायी लेखा नम्बर र ९ लाख ५३ हजार व्यक्तिगत स्थायी लेखा नम्बर गरी कूल ११ लाख ४७ हजार नयाँ करदाता करको दायरामा आएको विभागले जनाएको छ ।

 

कोभिड–१९ का कारण करिब चार महिनाको बन्दाबन्दीले सामाजिक, आर्थिक र प्रशासनिक क्षेत्रमा पारेको प्रभावका बाबाजुद असल नागरिकरको दायित्व निर्वाह गर्दै कर सहभागिता जनाउने सबैप्रति कृतज्ञता प्रकट गरेको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us