Economy News

test

पाम तेल उद्योग सङ्कटमा

काठमाडौं ।नेपालको पाम आयल उद्योगहरू सङ्कटमा परेको छ । नेपालको वैदेशिक व्यापार घाटालाई कम गर्न विगत केही वर्षदेखि महत्त्वपूर्ण भूमिका खेल्दै आएको यो उद्योगको सङ्कटले राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्ने देखिन्छ।

भारतले विगतमा ३९ वटा तेल आयात कम्पनीको इजाजत पत्र खारेज गरिदिएको कारण छिमेकी मुलुकबाट आउने डिउटी फ्री आयात पूर्णरुपमा बन्द भएको छ। समाचारमा अगाडी लेखिएको छ यसको सबैभन्दा बढी असर नेपालमा परेको छ । त्यहाँको पाम तेल उद्योगहरू पूर्ण रूपमा भरमा हुने निर्यातमा निर्भर छन् ।

भारतीय सञ्चार माध्यम आजतकले नेपालले भारतसँगको सम्बन्ध बिगारेको कारण पनि नेपालका उद्योग सङ्कटमा परेको उल्लेख गरेको छ। विगतमा नेपालले २१ हजार टनसम्म कच्चा पाम आयल आयात गर्दै आएकोमा अहिले सो मात्रा घटेर ७ हजार टनमा सीमित भएको जनाएको छ। नेपालमा अहिले ७० हजार टन कच्चा पाम आयल रहेको समेत सो समाचारमा छ।

नेपालबाट पाम आयल आयात भएको कारण स्वदेशी रिफाइनरी उद्योग सङ्कटमा परेको भन्दै त्यहाँका उद्योगीले नेपालबाट हुने आयात रोक्न सरकारसँग माग गरेका थिए। पछि काश्मीर मामिलाका कारण मलेसियासँग समेत भारतको सम्बन्ध बिगरिएपछी भारतमा पाम तेलको आयातमा कडाइ गरिएको हो।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us