Economy News

test

क्लियरिङ हाउसले गर्यो ९६ खर्बको कारोबार

काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले गत आर्थिक वर्षमा कुल २ करोड ६ लाख भन्दा बढीको भुक्तानी कारोबार फछ्र्यौट गरेको छ । गत आवमा भएको कारोबार अघिल्लो आर्थिक वर्षको तुलनामा २२.२५ ले बढी हो । एनसीएचएल विभिन्न भुक्तानी प्रणाली मार्फत ९६ खर्ब रुपैयाँको कारोबार गरेको छ । यसका साथै सोही भुक्तानी प्रणालीमार्फत एनसीएचएलले ३२ करोड अमेरिकी डलर, २३.८ करोड युरो र १७.१ करोड स्टेर्लिंग पाउण्डको समेत कारोबार गरेको छ ।

राष्ट्रियस्तरका भुक्तानी प्रणालीको विकासमा निरन्तर टेवा पुर्याउँदै आएको एनसीएचएलको स्थापना वर्षदेखि हालसम्मको वृद्धी दर ५८.८५ पुगेको छ । हाल एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूमार्फत दैनिक औसत ३ ६अर्ब २० करोड रुपैयाँ बराबरको ७७ हजार ११५ भुक्तानी कारोबार हुने गरेको छ ।

एनसीएचएल इसीसी, एनसीएचएल आइपीएस र कनेक्ट आइपीएस लगायतका विभिन्न भुक्तानी तथा फछ्र्यौटका प्रणालीहरू संचालनमा रहेका छन् । यसका साथै विभिन्न संस्थाहरुको भुक्तानी कारोबारहरू थप सहज बनाउन नेशनल पेमेन्ट्स इन्टरफेस तथा कनेक्ट आरटीजीएस पनि सञ्चालन गर्दै आएको छ ।

 

विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआइमार्फत हाल बैंक वित्तिय संस्था, पीएसपी पीएसओ, लगायतका विभिन्न सेवा प्रदायक संस्थाहरुलाई जोडी भुक्तानी कारोबार सहज बनाइएको छ ।

 

यी प्रविधिको माध्यमबाट सरकारी निकायमा पनि तलब भुक्तानी, थर्ड पार्टी भुक्तानी लगायतका विभिन्न भुक्तानी एवम् राजस्व संकलनका निम्ति हुँदै आएकोमा गत आवमा २ खर्ब १९ अर्ब रुपैयाँ बराबरको अन्तरबैंक सरकारी भुक्तानी तथा ३.१२ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन एनसीएचएलका प्रणालीहरुमार्फत भएका छन् ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us