Economy News

test

सहकारी संस्थाहरुको लागि सम्पत्ति शुद्धिकरण सफ्टवेयर उपलब्ध

काठमाडौँ – डेटम सिस्टम्स प्राइभेट लिमिटेड ले विकास गरेको ग्राहकलाई सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा लगानी गर्नबाट रोक्ने ट्रस्टएमल सिस्टम सहकारी संस्था को लागि पनि उपलब्ध गराउन डेटम सिस्टम्स प्राइभेट लिमिटेड र सहकारी संस्थाहरुमा बैंकिंग सफ्टवेयर उपलब्ध गराउने अग्रणी संस्था इन्फोडेभलपर्स प्राइभेट लिमिटेड बीच पारस्परिक सहयोग उपलब्ध गराउने समझदारी भएको छ । सो समझदारी पत्र मा डेटम सिस्टम्स प्राइभेट लिमिटेड का प्रमुख कार्यकारी अधिकृत गिरिश दाहाल र इन्फोडेभलपर्स प्राइभेट लिमिटेड का प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशी ले हस्ताक्षर गर्नु भएको छ ।यस समझदारीबाट सहकारी संस्थाहरुले अत्यन्त सरलिकृत रुपमा सम्पत्ति शुद्धीकरण मनी लाउन्डरिङ्ग निवारण ऐन, २०६४ र सहकारी बिभाग ले समय समयमा दिएका निर्देशन बमोजिम ग्राहकको पहिचान गर्न, त्यसको अभिलेख राख्न र ग्राहकको पहिचान गर्दा प्राप्त विवरण को आधारमा मा जोखिम निर्धारण गर्न सक्नेछन । ग्राहकको पेशा, स्थान, व्यवसाय को प्रकृति, बैंक बाट प्रदान गरिएको सेवा र डेलिभरि च्यानेल समेत को आधार मा जोखिम निर्धारण गर्न सक्नेछन । ग्राहक जोखिमयुक्त वा उच्चपदस्थ व्यक्ति वा त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा सम्बद्ध व्यक्ति भएको देखिएमा, वा ग्राहकको काम कारबाही शंकास्पद देखिएमा निरन्तर अनुगमन गर्ने तथा ग्राहक, वास्तविक धनी वा कारोबारका सम्बन्धमा निरन्तर अनुगमन गर्न सक्नेछन । यसका अतिरिक्त ट्रस्टएमल सिस्टम को प्रयोग बाट सहकारी संस्थाहरुले वित्तिय जानकारी इकाई मा रहेको गोएमल सिस्टम मा सीमा कारोबार, शंकास्पद कारोबार र शंकास्पद गतिविधि प्रतिबेदन इलेक्ट्रोनिक मध्यम बाट पठाउन सक्नेछन ।

डेटम सिस्टम्स का प्रमुख कार्यकारी अधिकृत गिरिश दाहालले बैंकहरुले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धि सहकारी संस्था मा भएको प्राबधानको कार्यान्वयन गर्न आबश्यक पर्ने साधन, श्रोत, प्रबिधि र ज्ञान सहकारी संस्था सम्म पुग्न यस समझदारी कोशेढुंगा हुने बताउनु भयो । बैंकिंग सफ्टवेयर विकास गर्ने संस्था र सम्पत्ति शुद्धिकरण निवारण गर्न कार्य गर्ने सफ्टवेयर विकास गर्ने संस्था को सहकार्य बाट नेपाल मा छरिएर रहेका सहकारी संस्थाहरु लाई सस्तो र सुलभ रुपमा उपलब्ध भएपछी सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय लक्ष र सन् २०२१ हुने परस्पर मूल्यांकन मा पुग्न सहयोग मिल्ने इन्फोडेभलपर्स का प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशी ले आशा ब्यक्त गर्नु भयो ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us