टेलिकमको सङ्घीय संरचना परिवर्तन गर्ने कार्य शुरु
काठमाडौँ, ५ साउन । नेपाल टेलिकमले मुलुकको सङ्घीय संरचना अनुसार कम्पनीको संरचना परिवर्तन गर्ने कार्य शुरु गरेको छ । टेलिकमको सञ्चालक समितिको २०७६ फागुन १९ को निर्णय बमोजिम काम सुरु गरेको टेलिकमले जनाएको छ ।
टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार टेलिकमले मुलुकको संघीय संरचना बमोजिम कामकाज गर्न सहज हुनेगरी नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, विराटनगर प्रदेश नं. १, प्रादेशिक निर्देशनालय, वीरगञ्ज प्रदेश नं. २, प्रादेशिक निर्देशनालय, काठमाडौँ वागमती प्रदेश, प्रादेशिक निर्देशनालय, पोखरा गण्डकी प्रदेश, प्रादेशिक निर्देशनालय, भैरहवा प्रदेश नं. ५, प्रादेशिक निर्देशनालय, सुर्खेत कर्णाली प्रदेश र प्रादेशिक निर्देशनालय अत्तरिया, सुदूरपश्चिम प्रदेशको स्थापना गर्ने भएको छ ।
टेलिकमले आइतवार साविक पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय अन्तर्गत रहेको नेपाल टेलिकमको पोखरास्थित कार्यालयलाई सङ्घीय संरचना अनुसार नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा, गण्डकी प्रदेशमा रुपान्तरण गरेको छ । कार्यसम्पादनमा आधारित प्रोत्साहन व्यवस्था लागू भइसकेकोले आफू कार्यरत सम्बन्धित प्रदेश प्रमुख तथा समस्त कर्मचारीहरुको संयुक्त प्रयासबाट प्रदेशलाई दूरसञ्चार सेवा विस्तार, सुदृढीकरण र ग्राहक सेवामा अब्बल सावित गर्ने लक्ष्य रहेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताउनुभयो ।
, ५ साउन । नेपाल टेलिकमले मुलुकको सङ्घीय संरचना अनुसार कम्पनीको संरचना परिवर्तन गर्ने कार्य शुरु गरेको छ । टेलिकमको सञ्चालक समितिको २०७६ फागुन १९ को निर्णय बमोजिम काम सुरु गरेको टेलिकमले जनाएको छ ।