Banking News

test

किसानको लागि किसान ‘क्रेडिट कार्ड

काठमाडौं चालु आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले गरेको व्यवस्था अनुसार कृषि विकास बैंकले ‘किसान क्रेडिट कार्ड’ निर्माणका लागि आन्तरिक तयारी शुरु गरेको उक्त कार्डमार्फत किसानले कर्जा अनुदानको सम्बन्ध, भुक्तानी प्रणालीमा मल, बिउ विजन उपकरण खरिदका लागि निश्चित रकमसम्म सोही कार्डबाट भुक्तानी गर्न मिल्ने व्यवस्था सहितको किसान क्रेडिट कार्ड ल्याउन लागेको हो

कृषि विकास मन्त्रालयले स्थानीय तहहरूसँग समन्वय गरेर कस्ता किसानलाई कार्ड दिने भन्ने विषय टुंगो लगाउने बैंकले बताएको यो कार्डमार्फत पाँच प्रतिशतको सहुलियतपूर्ण कर्जा, ठूला कर्जा, साना कर्जा सबैलाई समावेश गर्छाै सेवा शुल्क पनि राष्ट्र बैंकले तोके बमोजिम मात्रै हुनेछ किसानहरुका लागि बैंकले नै तयार पारेको छुट्टै कार्ड हो किसानको नाम, ठेगाना लगायतका विवरण समेटिएको स्वाप प्रणालीबाट भुक्तानी हुने कार्ड नै हो कार्डमा किसानहरुले आफ्नो कमाइ राख्न सक्छन्, ऋण लिएको पैसा राख्न सक्छन् धितो राखेर लिएको ऋण पनि कार्डमा राख्न सकिन्छ

कार्डमा एपको माध्यमबाट किसानलाई आवश्यक सूचना तथा जानकारी पनि दिइने भने कुनै किसानलाई तत्कालै रकम चाहिएमा नजिकैको बैंक वा एटीएमबाट सोही कार्डका आधारमा नगद भुक्तानीको सुविधा हुनेछ बैंकले क्रेडिट कार्ड निर्माण प्रक्रिया शुरु गरेको ‘किसान कार्डमार्फत किसानहरुलाई निश्चित रकम भुक्तानीका साथै विभिन्न सूचना उपलब्ध गराउन सकिन्छ,’ बैंकमा प्रवक्ता हिमलाल पौडेलले बताए । उनले भने ‘हामी पहिलो चरणमा डेढ लाख किसानलाई सो कार्ड उपलब्ध गराउने कार्ययोजना बनाएर अघि बढेका छौं । कार्डमा किसानले आफ्ना उत्पादन बेच्ने, खरिद गर्नेहरूको सम्बन्ध पनि जोडिएको हुनेछ ।’

 

कार्ड निर्माणको आन्तरिक प्रक्रिया न्तिम चरणमा पुगेको जतिसक्लदो छिटो हामी यसलाई कार्यान्वयनमा ल्याउँछौं,’ उनले भने ‘किसानको आवश्यकतालाई ध्यानमा राखेर कार्ड निर्माण प्रक्रिया अघि बढेको छ। किसानका लागि मल बिउ, उपकरण किन्ने, आफ्ना उत्पादन बेच्ने, कामदारलाई भुक्तानी दिने, कृषि सम्बन्धी जानकारी लिने लगायतका आधारभूत सूचना एपबाटै समाधान हुनेछ

कार्डमा कर्जा लिएका ग्राहकहरुका लागि भुक्तानीको सीमा तोकिएको हुन्छ त्यस्तो खाता पनि कार्डसँग जोडिने बिक्रेताहरु कहाँ पनि खातामा रकम जम्मा भएको सूचना पुग्नेछ कार्ड वितरणको लागि बैंकले एउटा गाइड लाइन नै तयार पार्नेछ किसानले बैंकमा खाता खोल्दा वा ऋणका लागि आवेदन दिँदा नै क्रेडिट कार्डका लागि पनि आवेदन दिनुपर्छ मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङको सुविधा लिएको जसरी नै क्रेडिट कार्ड पनि लिन सकिन्छ जनताको बैंक प्रतिफल कृषि विकास बैंकको निक्षेपमा ८५ प्रतिशत हिस्सा साना निक्षेपकर्ताहरुको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us