Economy News

test

वायोमासको औद्योगिकीकरणले गरिवी निवारणमा सहयोग पुग्ने

काठमाडौँ। मुलुकको ऊर्जाको मुख्य स्रोतको रुपमा रहेको वायोमासलाई परम्परागत ढङ्गबाट नभई आधुनिकर व्यावसायिक रुपमा उपयोग गर्न सकिएमा जनस्वास्थ्य, वातावरणमा सुधारसँगै रोजगारी सिर्जना, आयआर्जन र गरिबी निवारणमा सहयोग पुग्ने विज्ञहरुले जोडदिएका छन्। हरित तथा समावेशी नेपाल कार्यक्रमको सहयोगमा नेपाल नवीकरणीय ऊर्जा परिसङ्घले आयोजना गरेको वायोमास ऊर्जाको प्रवद्र्धनका नीति र अभ्यास विषयक वेबिनार कार्यक्रमका सहभागी  विज्ञहरुले यसका लागि सरकारले उपयुक्त नीतिगत व्यवस्था, प्राज्ञिक वर्गको नवीनतम्खोज, निजी क्षेत्र र वित्तीय  संस्थाहरुले लगानी गरी वायोमासलाई औद्योगिकीकरण गर्न सकिएमा समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने धारणा राख्नुभयो।

          कार्यक्रममा पूर्वमन्त्री तथा परिसङ्घका सल्लाहकार गणेशसाहले वायोमासलाई परम्परागत रुपमा नभई विज्ञान, प्रविधि र नवीनतम्खोजकाआधारमा व्यावसायिक ढङ्गबाट उपयोग गर्न सकिएमा यसले उद्यमशीलता बढाउन सकिने र त्यसबाट जनताको आर्थिकस्तर अभिवृद्धि हुने बताउनुभयो। उहाँले नेपालमा वायोमास ऊर्जाको प्रसस्त सम्भावना रहेकाले यसको व्यावसायिक उपयोग बाट रोजगारी सिर्जना, स्वच्छ ऊर्जाको पहुँच विस्तार र ऊर्जामा आत्मनिर्भर बन्न सकिने छ भन्नुभयो।

          वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले वायोमास ऊर्जाको व्यवसायीकरणका लागि विभिन्न नीतिगत व्यवस्था गरिसके को उल्लेख गर्दै यसको विकासमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताउनु भयो। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका उपकार्यकारी निर्देशक नवराज ढकालले नेपालको कूल ऊर्जा खपतमा अहिले पनि वायोमा सले६८.७ प्रतिशत हिस्सा ओगटेकाले यसलाई कम गर्दै आधुनिक तथा स्वच्छ ऊर्जाको खपतलाई बढाउन सरकारले सन् २०२२ सम्म सबै जनतामा विद्युत्को पहुँच पु¥याउने र २०३० सम्म स्वच्छ ढङ्गबाट खाना पकाउने लक्ष्य राखेको जानकारी दिनुभयो। उहाँले अहिले पनि केन्द्रमार्फत घरायसी प्रयोजनका लागि वायोग्यास , सुधारिएको चुलोदेखि व्यावसायिक र औद्योगिक क्षेत्रमा संस्थागत वायोग्यास, ब्रिकेट, ग्यासिफायर लगायतका प्रविधिहरुमा जोडदिएको उल्लेख गर्नुभयो।

          सोअवसरमा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नास्ट)का वैज्ञानिक डा रविन्द्र ढकाल र वायोमास ऊर्जा सम्बन्धी व्यवसायी प्रचीन लाल श्रेष्ठले वायोमास ऊर्जाको प्रवद्र्धनका लागि तुर्जमा गरिएका नीति, यसबाट दिगो विकास लक्ष्य हासिल गर्न सकिने अवसर तथा यस क्षेत्रमा भएका अनुसन्धानका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भयो। त्रिभुवन विश्वविद्यालय वन सङ्कायका सहायक डीन जीतनारायण साह, सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष भारती पाठक, क्लिन कुकिङ सोलुसन नेपालका राष्ट्रिय प्रबन्धक करुणा बज्राचार्य र परिसङ्घका कोषाध्यक्ष हस्त पण्डितले पनि वायोमासलाई घरायसी प्रयोजनका लागि मात्र नभएर औद्योगिक क्षेत्रमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।

          हरित तथा समावेशी नेपाल कार्यक्रमका प्रवन्धक ऊर्जा विद् इन्दिरा शाक्यले घर भित्रको वायुप्रदूषण र बाहिरको वातावरण स्वच्छ राख्न वायोमासको आधुनिकी करण गर्न सकिएमा त्यसले खासगरी महिला, पछाडि पारिएका वर्ग समुदायको जीवन स्तरमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । परिसङ्घका अध्यक्ष गुणराज ढकालले वायोमा सऊर्जाको व्यवसायीकरण गर्न उपयुक्त नीतिगत व्यवस्था, वित्तीय लगानी र बजारको सुनिश्चितताको आवश्यकता रहेको बताउनु भयो।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us