ग्लोबल आइएमई बैंकले ल्यायो एसएमई कर्जा
काठमाडौं। ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायी लाई लक्षित गर्दै ८.९९ प्रतिशत व्याजदरमा ऋण दिने योजना ल्याएको छ। बैंकले, कोरोना (कोभिड–१९) ले त्रसित बनाइरहेको अवस्थामा ग्राहक लाई छिटो, छरितो एवं सहज रुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरु लाई हौसला दिन योजना ल्याएको जनाएको छ।
कर्जा लिन चाहने महानुभावहरुले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्राप्त गर्ने बैंक द्वारा जारी विज्ञप्तिमा उल्लेखछ। बैंकका सबै शाखा बाट यो सुविधा लिन सक्ने बताइएको छ। बैंकले उद्योग व्यवसायको नगद प्रवाहका आधारमा १५ लाख रुपैयाँ देखि एक करोड रुपैयाँ सम्म कर्जा दिने जनाएकोछ।
