Banking News

test

ग्लोबल आईएमई बैंकका दुईवटा नयाँ शाखारहित बैंकिङ सेवा

काठमाडौँ । ग्लोबल आईएमई बैंकले थप दुईवटा शाखारहित बैंकिङ सेवाको सुभारम्भ गरेको छ । बैंकले सिन्धुपाल्चोकको गोरथली र झापाको ज्यामिरगढीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । थप दुईवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या दुई सय २० पुगेको छ ।

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. १, अमादिंग गोरथलीमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रूपमा साङेशेर्पार झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं. १५, ज्यामिरगढीमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिकोरूपमा तीर्थराज काफ्लेलाई नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिस होम, सीडीएमए, युटिएल, एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरूमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको दुई सय ५९ शाखा सञ्जालसहित दुई सय ३४ एटीएम, ४३ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, दुई सय २० वटा शाखारहित बैंकिङ सेवा र तीनवटा अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २० लाखभन्दा बढी ग्राहकहरूमाझ वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । कोरोनाले त्रसित बनाइरहेको अवस्थामा पनि ग्राहकलाई निरन्तर बैंकिङ सेवा प्रदान गर्न तत्पर रहेको बैंकले जनाएको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us