Banking News

test

ग्लोबलको सस्तो घर र गाडी कर्जामा

ग्लोबल आईएमई बैंकले आकर्षक ब्याजदरमा घरजग्गा तथा गाडी किन्न कर्जा प्रवाह गर्ने भएको छ । सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घरजग्गा तथा गाडी किन्न विभिन्न योजना सहित कर्जा उपलब्ध गराउने भएको छ । ग्लोबल घर कर्जाअन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा घरजग्गा कर्जा लिन पाउने छन् भने यो कर्जाको ब्याजदर १ वर्षसम्म स्थिर रहने छ ।

 

यस्तै ८ दशमलव ९९ प्रतिशतमा गाडी खरीद कर्जा र ९ दशमलव ४९ प्रतिशतमा सेयर धितोमा कर्जा प्रवाह गर्ने बैंकले बताएको छ । यो योजनामा सहभागी हुने सेवाग्राहीलाई बैंकले डेबिट र क्रेडिट कार्ड जारी शुल्क र लकर सुविधामा ५० प्रतिशत छूट दिने भएको छ । कर्जा लिन चाहानेले आवश्यक कागजात बैंकमा पेश गरेको ३ कार्य दिनभित्र बिनाझन्झट कर्जा प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us