Economy News

test

कर प्रणाीलाई सहजीकरण गरिने

काठमाडौँ । आन्तरिक राजश्व विभागले निर्माण गरेको साना करदाताले बैंकमा कर र आय विवरण एकैसाथ बुझाउने प्रणालीको साउन १ मा शुभारम्भ गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कर प्रणालीको सुधार गरी व्यवसायीलाई कर बुझाउन सहजीकरण गरिएको बताउनुभएको छ । उहाँले पछिल्ला समय कर सङ्कलनको विधि पनि सरलीकृत गरिएको जानकारी दिँदै आय विवरण बुझाउने लामालामा फारम, अतिरिक्त समय लाग्ने, बुझाउने रकमभन्दा फारम भर्ने समयको लागत बढी हुने अवस्थाको अन्त्य गरिएको बताउनुभयो । विगतमा सशस्त्र द्वन्द्वको अवस्थामा कर कार्यालय विस्थापित भएको उल्लेख गर्दै उहाँले करदाताको नजिकमै सेवा पु¥याउन करदाता सेवा कार्यालयको व्यवस्था गर्न सरकार लागि परेको बताउनुभयो ।

 

“आय विवरण बुझाउन र कर तिर्न दुई÷तीन जिल्ला पार गरेर आउनुपर्ने अवस्थाको अन्त्य भएको छ”, अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “कर तिर्दा लाग्ने समय र लागत, करचुक्ता प्रमाणपत्र लिन लाग्ने समय र करको रकमभन्दा कर तिर्न जाँदा लाग्ने खर्च बढी हुने अवस्थाको पनि अन्त्य भएको छ ।” बैंक तथा वित्तीय प्रणालीबाट कर बुझाउन सकिने भएपछि साना करदाताले सहजै ढङ्गबाट कर तिर्नसक्ने उहाँको भनाइ थियो ।

 

मन्त्री डा खतिवडाले साना करदाता कर तिर्नको कठिनाइले होइन, व्यवहारिक कठिनाइले कर दाखिला नगर्ने र कर विवरण नबुझाउने करदाताको सङ्ख्या थपिँदै जाने अवस्थालाई यसले अन्त्य गरेको बताउनुभयो । उहाँले करदाताले सहज ढङ्गले छिटोछरितो, पारदर्शी, समय र लागत कम गरेर सेवा लिनसक्ने बताउनुभयो ।

 

राजश्व सचिव रामशरण पुडासैनीले कर प्रणालीमा निरन्तर सुधार जारी रहेको उल्लेख गर्दै कर प्रणालीलाई ‘डिजिटलाइज्ड’ करदाताको सहभागितासँगै राजश्व पनि बढ्ने बताउनुभयो । यस व्यवस्थाले साना करदाताको कर प्रणालीमा सहभागिताका साथै करदाता र आन्तरिक राजश्व कार्यालयको लागत घटाउन अहिलेको व्यवस्थाले सहयोग गर्ने उहाँको भनाइ थियो । कर प्रणालीमा गरिएको सुधारसँगै यसबाट पाँच लाख साना करदाता लाभान्वित हुने उल्लेख गर्दै उहाँले साना करदाताको सहभागितासँगै करको आकार पनि वृद्धि हुने बताउनुभयो ।

 

सचिव पुडासैनीले कठिन परिस्थितिका बीच पनि गत आर्थिक वर्षको राजश्वको संशोधित लक्ष्य हासिल गर्न सफल भएको जानकारी दिँदै करिब छ÷सात प्रतिशतले राजश्व वृद्धि भएको बताउनुभयो । “करिब १५ प्रतिशतले आयकर वृद्धि भएको छ, आर्थिक क्रियाकलाप खुम्चेको अवस्थामा पनि राजश्व सङ्कलन उत्साहजनक ढङ्गमा भएको छ”, उहाँले भन्नुभयो ।

 

विभागका महानिर्देशक विनोदबहादुर कुँवरले कर कार्यालयलाई करदाताको नजिक पु¥याउने लक्ष्यका साथ करदाता सेवा कार्यालयको विस्तार गरिएको बताउनुभयो । चालु आर्थिक वर्षको पहिलो दिननै मुलुकका थप १० स्थानामा करदाता सेवा कार्यालय सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार डडेल्धुरा, कावासोती, सल्यान, इटहरी, जुम्ला, स्याङ्जा र ओखलढुङ्गालगायत जिल्लामा करदाता सेवा कार्यालय सञ्चालनमा आएका छन् ।

 

विभागका निर्देशक महाराज कोइरालाले कर परिवारले आव २०७६÷७७ लाई कर प्रणाली र कर प्रशासन सुधारको वर्षका रूपमा लिने बताउनुभयो । गत आवमा करको दायरालाई विस्तार गर्दै थप ११ लाख ४७ हजार भन्दा बढी करदातालाई करको दायरामा ल्याइएको उल्लेख गर्दै उहाँले विभागका लागि गत आव ऐतिहासिक वर्ष भएको बताउनुभयो । उहाँले गत आवमा विभिन्न छ वटा क्षेत्रमा सुधार गरिएको जानकारी दिनुभयो ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us