Economy News

test

कोभिड प्रभावित ऋणीलाई २० र १० प्रतिशतसम्म कर्जा

काठमाडौं कोरोना प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट चालु पुँजीको अधिकतम १० प्रतिशतसम्म थप कर्जा पाउने भएका छन् नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशिका,२०७७ जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट चालु पुँजी कर्जा नलिएका कोरोना प्रभावित ऋणीको हकमा आवधिक कर्जाको अधिकतम १० प्रतिशतसम्म थप कर्जा प्रवाह गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको हो

कोभिड१९ बाट प्रभावित उद्योग व्यवसायलाई सुचारु गर्न सहजीकरण गर्ने प्रयोजनको लागि ऋणीको आवश्यकता उद्योग/ व्यवसायको सम्भाव्यताको विश्लेषण गरी २०७६ चैत मसान्तमा कायम कर्जाको सीमामा एक पटकको लागि चालु पुँजी कर्जा उपयोग गरेका ऋणीको हकमा चालु पुँजी कर्जाको अधिकतम २० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सकिने व्यवस्था पनि राष्ट्र बैंकले गरेको

साथै, कोभिड१९ बाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानको आवश्यकता, धितोको पर्याप्तता, कर्जा जोखिम व्यवस्थापन तथा ऋणीको व्यवसायीक प्रयोजनकोे विश्लेषण गरी तोकिएको प्रतिशतभन्दा बढी थप कर्जा प्रवाह गर्न सकिने अवस्था भएमा सो कर्जा प्रदान गर्न समेत यस व्यवस्थाले बाधा नपुग्ने राष्ट्र बैंकले जनाएको

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us