तरलतालाई अवसरकारुपमा लिन सिइओहरुलाई गभर्नर अधिकारीको आग्रह
काठमाडौं-नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको तरलतालाई समस्याका रुपमा नलिन बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुलाई आग्रह गरेका छन्।
गभर्नर अधिकारीले सिइओहरुसँग भर्चुअल छलफलमा अहिले मुलुको आर्थिक परिसूचकहरु सबै सकारात्मक भएको र महामारीमा नआत्तिएर काम गर्नुपर्ने उनको भनाइ थियोअधिकारीले अहिले बैंकहरु बीचमा अस्वस्थ प्रतिस्पर्धा हुन नहुने बताएका थिए।बैंकिङ च्यालनमा अहिले २ खर्ब तरलता भएको र यसलाई अवसरका रुपमा लिएर कर्जा स्रोत परिचालनमा सिर्जनशील हुन उनले आग्रह गरेका थिए।
