Economy News

test

ओपो ए५३ सार्वजनिक गर्ने तयारीमा ओपो

काठमाडौं – ओपोले नेपालमा आफ्नो ए सिरिजका फोन्स अन्तर्गत ओपो ए५३ सार्वजनिक गर्ने तयारी गरेको छ । तिब्र र सहज कार्य प्रदर्शनीका लागि विशेष डिजाइन गरिएको ए५३ले प्रयोगकर्ता तथा तिनका मित्रजनलाई तिब्र सञ्चार र मनोरञ्जनमा पहुँच बनाउने सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ ।

९०एचजेड रिफ्रेश रेट सहितको ओपो ए५३ले ९० एचजेड नियो(डिस्प्ले मार्फत प्रयोगकर्तालाई अदृतिय र सहज दृष्यानुभव प्रदान गर्छ । थ्रीडी( कभ्र्ड ईरिडसेन्ट वेभ डिजाइन सहितको ए५३मा प्रयोगतकर्तालाई निरन्तर प्रयोगमा सहजताका लागि ५ हजार एमएएच क्षमताको ब्याट्री १८वाट फास्ट चार्ज सहित उपलब्ध गरिएको छ । साथै यसमा रहेको क्वालकमको अत्याधुनिक ओक्टा(कोर प्रोशेसर र ओपोकै पहिलो ¥याम+मेमोरी अप्टिमाइजेशनले समग्र तिब्र कार्य क्षमता प्रदर्शित गर्छ ।

‘ओपोको ए सिरिज अन्तर्गतको बाचा अनुरुप, ए५३ले पनि प्रयोगकर्तालाई तिब्र र सहज मोबाइल अनुभव प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘यसमा रहेको ९०एचजेड नियो(डिस्प्लेले हाल फ्ल्यागशिप फोन्समा मात्र उपलब्ध सुविधाहरु पनि प्रयोगकर्ताहरुका लागि उपलब्ध गराएको छ । तिनका दैनिक सञ्चार तथा मनोरञ्जन लगायतका आवश्यकतालाई दृष्टिगत गर्दै यसमा लामो समय सम्म टिक्ने ब्याट्री, तिब्र कार्य प्रदर्शनी क्षमता र सुदृढ प्रयोग अनुभव प्रदान गर्ने फिचर्सहरु उपलब्ध गरिएका छन् ।’

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us