Economy News

test

उड्ने कारको परीक्षण सफल

एजेन्सी ।

स्काइ ड्राइभ इन्क नामक एक जापानी कम्पनीले एसडी–३० नाम गरेको उड्ने कारको परीक्षण सफल भएको घोषणा गरेको छ । उक्त कार दुई साताअघि सार्वजनिक परीक्षण गरिएको कम्पनीले बताएका छन् । विश्व प्रसिद्ध टोयोटा कम्पनीको कार परीक्षण स्थलमा स्काइ–कारको परीक्षण गरिएको थियो । जापानको इतिहासमै पहिलोपटक उड्ने कारको सार्वजनिक परीक्षण गरिएको हो ।

कम्पनीका अनुसार एसडी–३० विश्वकै सानो इलेक्ट्रिक स्काइ–कार हुनेछ‚ जसलाई दुईटा कार पार्क गर्न चाहिनेजति क्षेत्रबाटै उडाउन र अवतरण गर्न सकिनेछ । सुरक्षाका लागि कारमा आठवटा मोटर इञ्जिन जडान गरिएका छन । यसलाई भविष्यमुखी‚ चमत्कारिक र उपभोक्ताले रुचाउने किसिमको डिजाइन दिन खोजिएको डिजाइन निर्देशक ताकुमी यामामोतले बताए ।

उक्त कारलाई कम्पनीको अनुभवी पाइलटले चार मिनेट जति सफलतापूर्वक उडाएका थिए । कम्पनीका सिइओ तोमोहिरो फुकुजावाले भने मानवसहितको कार उडानमा सफलता प्राप्त भएकोमा हामी असाध्यै उत्साहित छौ र हामी यो सुरक्षित‚ सहज र धेरैको पहुँचमा पुगोस भन्ने चाहन्छौं । उनका अनुसार कम्पनीले उक्त कारको व्यवसायीकरण गर्ने लक्ष्य राखेको छ ।कम्पनीले उक्त स्काइड्राइभ कार सन् २०२३ सम्ममा बजारमा ल्याउने लक्ष्य राखेको छ । कारको सम्भावित मूल्यबारे भने कम्पनीले केही बताएको छैन ।

about us

Founded by an unique idea of serving society for financial access and property management service BankFin and property management  was established in July 2019. It is an investment and financial service enterprise and a niche service.... More

follow us